विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आन्तरिक प्रसारण प्रणाली सुधार र औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिनका लागि निर्माण गरिएको १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको निर्माण सुरु गरेको करिब ३ वर्षमा लाइनको काम सम्पन्न गरी  सञ्चालनमा ल्याएकाे हो ।

लाइनको सबै काम पुरा गरेर बुधबार राति ९ बजे लाइन चार्ज गरिएको आयोजना प्रमुख हरि पाण्डेले बताए । ‘लाइन सञ्चालनमा आएसँगै विद्युत वितरण प्रणाली सुधार हुनेछ,’ उनले भने, ‘औद्योगिक क्षेत्रले पनि गुणस्तरीय विद्युत सेवा पाउनेछन् ।’

२० किलोमिटर लामो लाइनमध्ये २ किलोमिटर भुमिगत लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको काम गत असारमानै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नु पर्ने तालिका थियो, तर कोरोना महामारीका कारण भएको निषेधाज्ञाले काम प्रभावित भएको पाण्डेले बताए । दोस्रो लहरका बेला लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा काम सम्पन्न हुन सकेन् र सञ्चालन तालिका धकेलिन पुगेको हो ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबीए साङदोङ लुनेङ र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले सयुक्त रुपमा गरेको हो । प्रसारण लाइन निर्माण सम्पन्न भएकाे १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रदेश–५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उद्योगमा विद्युत सेवा गुणस्तरीय र दिगो बनाउने गरी वा भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायत विद्युत विस्तार र स्तरोन्नतिका लागि लाइन निर्माण गरिएको हो ।

यो लाइन निर्माण हुँदा रुपेन्देहीको भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणले नियमित गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । लाइन सञ्चालनमा आएपछि चुहावट घट्नुका साथै प्रसारण क्षेत्रमा सृदृढ हुनेछ । यो लाइन पूरा भएपछि यसबाट २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit