विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इको ग्लोबल पावर डेभलपमेन्ट कम्पनीले १० मेगावाटको मिथिला–२ सौर्य आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को धनुषा जिल्लाको मिथिला नगरपालिकामा सो सौर्य आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष  आग्रह गरेको छ  ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी सरोकारवालाले आफ्नो राय/सुझाव पठाउन सक्ने विभागले जनाएको छ । आयोजना जिल्लाको वडा नम्बर ८ मा रहने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

आयोजनामा ३ सय ३० वाट पिक क्षमता भएको ३६ हजार ३ सय ६० वटा सोलार फोटोभोल्टाइक प्यानल जडान गरिनेछ । २.५ मेगावाट क्षमताको ४ वटा इन्भर्टर मार्फत विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाबाट निर्माण सुरु भएको एक वर्षभित्र विद्युत उत्पादन सुरु गरिनेछ । उत्पादीत विद्युत १ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिनेछ । कम्पनीले यसअघि १० मेगावाटको मिथिला सौर्य आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit