विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक वर्षमा १२ हजार ७६ घरधुरीमा गृह सोलार प्रणाली जडान गरेको छ । केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त सोलार प्रणाली जडान गरेको हो ।

गत वर्ष १० हजार घरधुरीमा सोलार जडान गर्ने लक्ष्य रहेपनि लक्ष्य भन्दा बढी जडान गरि सेवा दिइएकाे केन्द्रले जनाएको छ । यस्तै, वायोग्यास प्लान्टबाट ११ हजार घरधुरीमा स्वच्छ ऊर्जाकाे पहुँच पुर्याउने लक्ष्य रहेकोमा ६ हजार ३ सय ७४ घरधुरीमा पुर्याइएकाे छ ।

यस्तै, गत आवमा सिँचाई र खानेपानीको लागि ४० वटा सोलार लिफ्ट निर्माण गर्ने लक्ष्य रहेकाेमा पनि लक्ष्य भन्दा बढी निर्माण गरेको केन्द्रले जनाएकाे छ । केन्द्रले यो अवधिमा ४९ वटा सोलार लिफ्ट प्रणाली निर्माण गरेको छ ।

याे अवधिमा ११ वटा वायोग्यास प्लान्ट, ११९८ किलोवाटको मिनी हाइड्रो, २८ मिनी ग्रीड र ७ सौर्य कुकर जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit