विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाढी-पहिरोले क्षतिग्रस्त खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतका दुई जलविद्युत् केन्द्र पुनःनिर्माणको अन्तिम चरणमा रहेका छन् । २०८१ साल असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी पहिरोले क्षति पुर्‍याएका केन्द्रहरूको हाल पुनर्निर्माण भइरहेको छ ।

बाढीले ४.३६ मेगावाटको टुंगुन ठोस्ने र यसैको क्यास्केडको रूपमा सञ्चालन हुँदै आएको २ मेगावाटको खानीखोलामा ३३ करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टुंगुन ठोस्नेको संरचनामा ९५ प्रतिशत सुधार भइसकेको र १ महिनाभित्र सञ्चालनमा आउने तथा खानीखोलाको ८० प्रतिशत सुधार भइसकेकोले सञ्चालनमा आउन २ महिना लाग्ने जनाएको छ ।

ललितपुरमा रहेका दुवै जलविद्युत् केन्द्रका क्षतिग्रस्त संरचनाको निर्माण तीव्र गतिमा भइरहेकोले आयोजनाको उक्त केन्द्रबाट असारभित्र विद्युत् उत्पादन सुचारु गरिने कम्पनीका प्रबन्ध निर्देशक भरत लामिछाने थापाले ऊर्जा खबरलाई बताए । उनका अनुसार बाढीमा डुबान परेका दुवै विद्युत्‌गृहका सिभिल संरचनाहरू मर्मत भइसकेकाे र अब सुरक्षा पर्खाल, हाइड्राे मेकानिकल, इलेक्ट्राे मेकानिकल र प्रसारण लाइनको मर्मत कार्य भइरहेकाे छ ।

दुवै विद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने बिन्दु माल्टा सबस्टेसनसम्म २ महिनाभित्रै पुर्‍याउने लक्ष्य रहेको छ । यद्यपि, नेविप्राले वैकल्पिक व्यवस्था मार्फत आयोजनाहरूबाट उत्पादित विद्युत् लैजान बनाएको माण्डु हाइड्रोसँगैको स्विच्यार्ड पनि बाढीले बगाएको र हालसम्म उक्त स्विचयार्ड निर्माणमा प्रगति नदेखिएकोले आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह नहुने हो कि भन्ने अन्योल रहेको प्रबन्ध निर्देशक थापाले बताए ।

विद्युत् केन्द्रहरूको मर्मत गर्न बैंकको ऋण र बीमा भुक्तानीका लागि पहल गरिएकाे उनले बताए । दुवै जलविद्युत् केन्द्रबाट २०७३ सालदेखि विद्युत् उत्पादन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३