विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनान निर्माण गरिरहेको सुपर मादी हाइड्रो पवर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँ अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता  र अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ तथा पोखरा महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ का स्थानीयका लागि ७ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरेकाे हाे ।

यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको छ । वैदेशिक रोजगारीका गएका नेपाली नागरिकलाइ सेयर छुट्याउने यो पहिलो कम्पनी हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २  लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको नेपालीहरूका लागि छुट्याएको हो ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले भने ढिलोमा २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार दुवैले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धत तोकिएको छ ।कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit