विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि थप भएको हो ।

प्रभावित स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयरमा माग अनुसार दरखास्त प्राप्त नभएकोले एक साता सयमअवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत माघ २७ गतेदेखि निष्कासन गरिएको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिदै थियो । अब, आगामी १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सय रुपैयाँमा अंकित १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७ सय ८२ कित्ता जुगल गाउँपालिका वडा नम्बर २, ३ र ४ ९साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ गाविसका लागि छुट्याइएको छ ।

यस्तै, आयोजनाको १३२ केभि प्रशारण लाइनबाट प्रभावित जुगल गाउँपालिकाको वडा नम्बर ५ र ७, बलेफी गाउँपालिकाको बडा नम्बर १, ३, ६ र ७, सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १ सय ८८ कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयर स्वपुँजी लगानीको २० प्रतिशत हो । कम्पनीको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

स्थानीयले कुमारी बैकको जलबिरे शाखा, एनसीसी बैंकको बोडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा शाखा र खाडिचौर शाखा, महालक्ष्मी बैंकको खाडीचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे र लामोसाँघु शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’  जलविद्युत आयोजना निर्माण सम्पन्न भई अहिले परीक्षणको चरणमा छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजना ७ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit