images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ६ महिना अवधिमा करिब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार खुद नाफा कमाएको देखिएको हो ।

साउनदेखि पुससम्मको अवधिमा ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्जन भएको मुनाफा गत वर्षको यही सयमअवधिको तुलनामा बढेको हो । गत वर्ष १ करोढ ९३ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यो अवधिमा कम्पनीले ६७ करोड ४४ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले रिडि खोलाको विद्युत बिक्री गरी ३ करोड ८ लाख २ हजार, बुटवल सोलारको विद्युत बिक्री गरी ४ करोड २७ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, अन्य स्रोतबाट ६० करोड ८ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटका २ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।

साहस ऊर्जाले पनि ६ महिनाको अवधिमा ३४ करोड ४२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा आर्जन गरेको हो । कम्पनीले गत वर्ष यही समयअवधिमा २२ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले अन्य विभिन्न स्रोतबाट आम्दानी गरी नाफा कमाएको हो । कम्पनीको सोलुखुम्बुमा ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सबै काम पूरा गरेर आगामी चैत्रभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit