images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जलविद्युत् आयोजनाहरूको प्रभावकारी सञ्चालन र मर्मतसम्भार (ओ एन्ड एम) सेवाका लागि चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) र एन्ड्रिज हाइड्रो कम्पनीले सहकार्य सुरु गरेका छन् । ‘फ्युचर–प्रुफ हाइड्रोपावर : पाराडाइम सिफ्ट इन ओ एन्ड एम प्राक्टिसेज’ विषयक कार्यशाला गोष्ठीको संयुक्त रूपमा आयोजना गरी दुवै कम्पनीले यसमा सहकार्यको सुरुवात गरेका हुन् । 

मंगलबार काठमाडौँमा आयोजना गरिएको उक्त संयुक्त कार्यशालामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले चेस्कोको स्थापना नै जलविद्युत् आयोजनाहरूको सञ्चालन र मर्मत सेवाकै लागि भएको बताउँदै ‘ओ एन्ड एम’ सेवा कार्यमा यी दुई बम्पनी बीच सहकार्य हुनसक्नु खुसीको कुरा हुने बताए । 

‘४ वटा परियोजना निर्माण गरिरहेकाे र एउटा सञ्चालन गरिरहेको चिलिमे जलविद्युत् कम्पनीकै सहायक कम्पनी चेस्को र विश्वकै उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको कम्पनी एन्ड्रिजबीच ओ एन्ड एम सेवाका विषयमा सहकार्य हुनु खुसीको कुरा हो,’ उनले भने । 

नेपालका सरकारी तथा निजी क्षेत्रका थुप्रै जलविद्युत् आयोजनाहरूमा आफ्ना उत्पादन, प्राविधिक तथा इन्जिनियरिङ सेवा दिँदै आएको एन्ड्रिज हाइड्रोले नेपालमा राम्रो टिम परिचालन गरिरहेको पनि उनले बताए । आगामी दिनमा नेपालका विभिन्न निकायसँग एन्ड्रिज हाइड्रोको यस्तै सहकार्य रहने अपेक्षा पनि आफूले गरेको उनले बताए । 

पछिल्लो समय नर्वेजस्ता कतिपय देशले जलविद्युत् आयोजनालाई पूर्ण स्वचालित बनाई विद्युत्गृहहरूलाई मानवरहित (जनशक्ति विहीन) बनाएर सञ्चालन खर्चमा व्यापक कटौती गरेको उदाहरण दिँदै नेपालका आयोजनाहरूको सञ्चालन खर्च कटैतीका लागि पनि त्यस्तै किसिमको स्वचालन (अटोमेशन) मा लानुपर्ने आवश्यकता रहेको घिसिङले बताए ।

चेस्कोका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले जलविद्युत् आयोजनाहरूको सञ्चालन तथा मर्मतसम्भारको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव र बौद्धिकता पलायनको अवस्था देशले भोग्नु परिरहेको बताए । प्राधिकरणले सन् २०३२ सम्ममा ९ हजार मेगावाटभन्दा बढी र २०४० सम्ममा १८ हजार मेगावाटभन्दा बढी बिजुलीको उच्च माग रहने प्रक्षेपण गरेको भन्दै त्यसलाई सम्बोधन गर्न आयोजनाहरूको सञ्चालन र मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको बताए । 

विश्वमा विकसित प्रविधिलाई आत्मसात गर्नुपर्ने, एउटै नदीमा धेरै क्यासकेड आयोजनाहरू निर्माण भएकोले तिनको दीर्घकालीन सञ्चालनमा ध्यान दिनुपर्ने र ऊर्जाको माग तथा खपत बढाउन बाह्य बजारलाई समेत ध्यान दिनुपर्ने अवस्थामा सञ्चालन तथा मर्मत सेवाको महत्व बढेर गएको उनको भनाइ थियो । कम्पनीले ऊर्जा, पूर्वाधार, वातावरणीय अध्ययन र व्यापार परामर्श जस्ता मुख्य ४ वटा क्षेत्रमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का महासचिव बलराम खतिवडाले वर्तमान अवस्थामा जलविद्युत् परियोजना बनाउनभन्दा पनि सञ्चालन र मर्मतसम्भार कठिन बन्दै गएकोले ‘ओ एन्ड एम’ को अवधारणा आउनु सकारात्मक भएको बताए ।

कार्यक्रममा एन्ड्रिज हाइड्रोका सेवा तथा पुनस्र्थापना र व्यापार तथा बजार प्रवद्र्धन हेर्ने उपाध्यक्ष अजय अग्रवालले एसिया र अफ्रिकामा अझै पनि सम्भावनाको ८० प्रतिशत जलविद्युत् उत्पादन गर्न बाँकी नै रहेकोले त्यसका लागि ओ एन्ड एम सेवाको महत्व बढी रहेको बताए । 

एन्ड्रिज हाइड्रोले सन् १९०२ देखि भारतमा आफ्नो उपस्थिति जानाएर दक्षिण एसियाका लागि विश्वका अधिकांश देशमा जविद्युत् आयोजनामा आवश्यक सबै किसिमको सेवा उपलब्ध गराइरहेको बताए । 

सन् २००९ देखि एन्ड्रिज ग्रुपको पूर्ण स्वामित्वमा रहेर सञ्चालन भइरहेको एन्ड्रिज हाइड्रोले उत्पादन तथा वितरण गर्ने सेवा र उपकरणको गुणस्तरमा कुनै सम्झौता नगरेको र उच्च गुणस्तरीय रहेको उनले बताए । पछिल्लो समय एन्ड्रिजले पम्प स्टोरेज आयोजनाका लािग आवश्यक टर्वाइन तथा उपकरणसमेत उत्पादन गरिरहेको उनको भनाइ छ । उनले भारतको मध्यप्रदेशस्थित भोपालमा रहेको आयोजनाको उत्पादन प्लान्टबारे दृश्य सामग्रीसमेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा एन्ड्रिजको ओ एन्ड एम सेवाका प्रमुख निलेश गुप्ताले अनलाइन मार्फत जलविद्युत् आयोजनाको सञ्चालन निरीक्षण गर्ने तथा समस्या पहिचान गर्ने पछिल्लो अनलाइन प्रविधि ‘डायोमेरा’ बारे जानकारी गराएका थिए । 

त्यस्तै, एन्ड्रिज हाइड्रोका ओ एन्ड एमका टिम लिडर रितेश कुमार र टिम मेम्बर राहुल सिंहले सञ्चालन तथा मर्मतसम्भारका विविध पक्षका साथै स्पेयर पार्टस्‌लगायतका विषयमा जानकारी गराएका थिए । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit