विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी समुन्द्रटार–त्रिशूली प्रसारण लाइन सञ्चालन गरेको छ । निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी बिहीबारदेखि सञ्चालनमा आएको हो ।

समुन्द्रटारदेखि त्रिशूली ३ ‘बी’ हब सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन र समुन्द्रटार सबस्टेसनमा लोड दिएर चार्ज गरिएको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।  सबस्टेसन ४ महिना अघि नै तयार भए पनि प्रसारण लाइन पूरा भएपछि सञ्चालनमा ल्याइएको हो ।

प्रसारण लाइन गत बैशाखभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर, कोरोना (कोभिड–१९) महामारीको प्रभावले निर्माण गति सुस्त हुँदा करिब डेढ महिनापछि सञ्चालन गरिएको हो ।

प्रसारण लाइन सञ्चालनमा आएपछि २७० मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार भएको छ । यो प्रसारण लाइनमा जोडिने गरी निजी लगानीमा अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

यो प्रसारण लाइन २०७७ बैशाखदेखि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । यसबीचमा कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउनले लामो समय निर्माण रोकिँदा १ वर्ष धकेलिन पुगेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

प्राधिकरणले त्रिशूली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरको हो । चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरेको हो । प्रसारण लाइन पूरा गर्न १ अर्ब ५१ करोड रुपैयाँ खर्च भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit