विद्युत अपडेट

  • प्राधिकरण : ८२०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५३० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८१३ मे.वा.घन्टा
  • आयात : ३८२८ मे.वा.घन्टा
  • निर्यात : ३८३७ मे.वा.घन्टा
  • ट्रिपिङ : ४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५१ मे.वा.
२०८३ जेठ १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शङ्खमुल फिडरबाट विद्युत् वितरण भइरहेका क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो ५/५ घण्टा विद्युत् आपूर्ति बन्द रहने जनाएको छ । बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा बन्द रहने प्राधिकरणले सूचना मार्फत जानकारी गराएको हो ।

सूचना अनुसार उक्त फिडरअन्तर्गतका बागमती अपार्टमेन्ट, बुद्ध विहार, शङ्खमुल पुल क्षेत्रमा शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आपूर्ति बन्द रहने छ । 

त्यस्तै, रोजबर्ड स्कुल, भृगु मार्ग तथा रुद्रमती मार्ग क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहने भएको छ ।

लाइन भूमिगत कार्य समयअगावै सम्पन्न भएको अवस्थामा उल्लिखित समयभन्दा अगावै आपूर्ति सुचारु गरिने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३