विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङ १५.३३ मेगावाटको कालंगाागड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेकाे कालंगा हाइड्रो लिमिटेडले सर्वसाधरणका ४९ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएकाे छ । 

जारी पूँजी १ अरब ४० करोड रुपैयाँमध्ये सर्वसाधारणहरूका लागि ३५ प्रतिशत अर्थात प्रतिसेयर सय रुपैयाँ दरले हुने ४९ लाख कित्ता बराबरको साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । ३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट र १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति हुने गरी सम्झौता गरिएकाे जनाइएकाे छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालक तिर्थराज चटौत तथा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मीसन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत् वितरण समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३