विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७८ असार लाग्नासाथ सुरु भएको अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन आयोजनाको टावर बगाएको थियो । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको लाइनको ४ वटा टावर भारी वर्षासँगैको बाढीपहिरोले बगाएको थियो ।

असार १ गतेदेखिकाे वर्षासँगैको पहिरोले नदीमा विलिन बनाएको टावरको निर्माण १० महिना बितीसक्दा पनि पूरा भएको छैन् । बाढीले लाइनको टावर नम्बर एपि ८ए१, एपि ११, एपि ११/१ र एपि १३/२ बगाएको थियो ।

अहिलेसम्म २ वटा टावरको जग खन्ने काम सकिएको आयोजना प्रमुख रमेश प्रसाद पौडेलले बताए । ‘टावर मात्र ढलेको भए त पुननिर्माण गरेर लाइन तयार गरिसक्ने थियौ’, उनले भने, ‘बाढीले लाइनको टावर र जग्गा एकसाथ बगाएकोले फेरी खरिद गरेर नयाँ ठाउँमा टावर ठड्याउनु पर्ने भएकोले सयम लागेको हो ।’

उनका अनुसार २ वटा टावरको जग खन्ने काम भइरहेको छ । लाइनको जग खन्ने काम पूरा गरेर तार तान्ने काम सुरू गरिने पनि उनले बताए । लाइनको सबै काम पुरा गरेर बैशाखभित्र सञ्चालन गर्ने प्राधिकरणको लक्ष्य छ ।

बाढीले लाइनको टावर र जग्गा बगाउँदा ३ करोड रुपैयाँ थप लागत लाग्ने पनि पौडेलले बताए । यसअघि लाइनको अनुमानित लागत ३२ करोड रुपैयाँ थियो ।

प्राधिकरणले लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन निजी क्षेत्रको जलविद्युत आयोजनाकाे विद्युत प्रवाह गर्न यो लाइन निर्माण गरिरहेको हो । यो लाइनमा प्रवाह हुने गरी २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ लगायतका आयोजना निर्माणाधीन छन् । 

दोर्दी–१ को निर्माण पूरा भएको छ । लाइन पूरा नहुँदा एक महिनादेखि विद्युत खेर गइरहेको छ । दोर्दी खोलाले पनि बैशाखदेखि उत्पादन सुरु गर्ने प्रवर्द्धक हिमालयन पावर पार्टनर लिमिटेडले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit