विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको करिब ५ महिनामा साढे २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । चालू आवको साउनदेखि मंसिर तेस्रो सातासम्ममा निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका ४ जलविद्युत र एउटा सौर्य गरी ५ आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

यो अवधिमा सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १ मेगावाटको हाँडिखोलाको विद्युत प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार हाँडिखोलाले भदौ १२ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

यस्तै, खोटाङमा निर्माण सम्पन्न ३ मेगावाटको माथिल्लो रावाखोलाले पनि व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । यो आयोजनाको विद्युत गत असोज ४ गते प्रसारण प्रणालीमा जोडिएको हो ।

कास्कीस्थित १२ मेगावाटको नामार्जुन मादीले चालू आवबाट विद्युत उत्पादन सुरु गरेको छ । यो आयोजनाले गत असोज १२ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको विभागले जनाएको छ ।

यो वर्ष निजी क्षेत्रले निर्माण गरेको साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको छ । यो नै निजी लगानीमा निर्माण भएको अहिलेसम्मकै ठूलो सौर्य विद्युत आयोजना हो । धेरैले यो भन्दा बढी क्षमताका आयोजनाको अनुमति लिए पनि निर्माण भएका छैनन् ।

बुटवल सौर्य विद्युतले गत कात्तिक १५ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो । व्यापारिक उत्पादन सुरु गर्नुअघि आयोजनाले १५ दिनसम्म परीक्षणको चरणमा प्राधिकरणलाई निशुल्क विद्युत दिएको थियो ।

दोलखामा निर्माण सम्पन्न भएको ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजनाको विद्युत पनि प्रसारण प्रणालीमा थपिएको छ । यो आयोजनाले गत कात्तिक २३ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको प्राधिकरणले जनाएको छ । 

चालू आवमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १३ सय मेगावाट विद्युत प्रणालीमा थप्ने सरकारी लक्ष्य छ । तर, कोरोना (कोभिड–१९) महामारीका कारण जलविद्युत क्षेत्र पनि थलिएकाले लक्ष्य पूरा हुने सम्भावना कम देखिन्छ । चालू आवभित्र सम्पन्न गर्ने योजना रहेका आयोजना निर्माण सामाग्री अभाव, कामदार अभाव तथा भन्सारमा उपकरण अड्किएका कारण अघि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit