images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण गरिरहेको मेन्छियाम हाइड्रोे पावर लिमिटेडले बैशाख ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साढे ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रकमको ३० प्रतिशत अर्थात १६ करोड २७ लाख ७५ हजार रकम बराबरको सय रुपैयाँ अंकित १६ लाख २७ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात सय रुपैयाँ अंकित ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर प्रभावित स्थानीयका लागि, जारी पूँजीको २० प्रतिशत अर्थात सय रुपैयाँ अंकित १० लाख ८५ हजार १ सय ६७ कित्ता मध्येको १ लाख ८ हजार ५ सय १७ कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि बाँडफाँड गरेपश्चात २ प्रतिशत हुन आउने अर्थात २२ हजार ३ सय ३९ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको र ५ प्रतिशतश हुन आउने अर्थात ५६ हजार ९९ कित्ता सेयर सामूहिक लागनी कोषका लाग सुरक्षित गरिएको छ । 

बाँकी, ९ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरिएको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख ७ गतेसम्म र ढिलोमा १९ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit