विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ जलविद्युत आयोजनाको करिब ९३ करोड १० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीको निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न अनुमति दिएको हो ।

सय रुपैयाँ अंकित ९३ करोड १० लाख ५८ हजार रुपैयाँ बराबरको ९३ लाख १० हजार ५ सय ८० कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमति दिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार एसियन हाइड्रो पावर लिमिटेड, सुपरमाई हाइड्रो पावर लिमिटेड, सुपर मादी हाइड्रो पावर लिमिटेड, माया खोला हाइड्रो पावर लिमिटेड, शुभव पावर लिमिटेडलाई सेयर निष्कासन अनुमति दिइएको छ ।

एसियन हाइड्रोपावरले ११ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले इलाममा सञ्चालित ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

अब, पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, सुपरमाई इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सय रुपैयाँमा अंकित १० करोड रुपैयाँ बराबरको १० कित्ता सेयर निष्कासन अनुमति पाएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल  लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत नेपाल विद्युत प्राधिकरणको गोदक सबस्टेसनमा जोडिएको छ ।

सुपर मादी कास्कीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ  । सय रुपैयाँ अंकित ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ ।

यो कम्पनीको पनि सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

माया खोलाले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको छ । यो कम्पनीको सेयर प्रभु क्यापिटल लिमिटेडले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

शुभम पावरले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यो कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि यसअघि नै सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । यो कम्पनीको सेयर मुक्तिनाथ क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit