विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले चैत १ देखि देशभर गर्दै आएको नियमित विद्युत आपूर्ति उच्च माध्यमिक शिक्षा परीक्षा (एसइइ) अवधिपछि पनि सुचारु गरेको छ । विद्युतको उपलब्धता मध्यनजर गर्दै लोडसेडिङ नगरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार चैत महिनामा भएको वर्षाले आन्तरिक उत्पादन बढेकाले माग व्यवस्थापनमा सहज भएको हो । त्यसपछि लोडसेडिङ थप्नु पर्ने अवस्था नदेखिएको उनले स्पष्ट पारे । प्राधिकरणले बेलुकी उच्च माग हुँदा ९२ मेगावाटको कुलेखानी पूर्ण क्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गरिरहेको छ । ‘बेलुकीको माग खासै बढेको छैन, खोलामा पानी बढेकाले उत्पादन आपूर्ति सहज भएको हो,’ उनले भने ।

कुलेखानीमा पानीको सतह बढेकाले वर्षा सुरु हुनुअघि बढी माग हुँदा पूर्ण क्षमतामा सञ्चालन भइरहेको पनि अधिकारीले जानकारी दिए । औद्योगिक क्षेत्रमा साँझको समयमा हुँदै आएको लोडसेडिङ भने यथावत छ । प्राधिकरणले एसइइ परीक्षाभर देशभर विद्युत आपूर्ति नियमित गर्न होटल व्यवसायीलाई साँझको समयमा आफूसँग भएका डिजेल प्लान्ट सञ्चालन गरेर सहयोग गर्न अनुरोध गरेको थियो ।

अहिले केन्द्रीय प्रसारण प्रणालीमा ९ सय २१ मेगावाट विद्युत उपलब्ध छ । यसमध्ये ३ सय ९९ मेगावाट प्राधिकरण र १ सय ७५ मेगावाट निजी क्षेत्रबा आपूर्ति भएको हो । भारतबाट अहिले ३ सय ७७ मेगावाट आयात भइरहेको छ । प्रणालीमा अहिले २ सय ९९ मेगावाट विद्युत अपुग रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit