विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभा जिल्लाको पिलुवा खोलामा ३ मेगावाटको पिलुवा खोला स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा करिब ९ करोड रुपैयाँ मुनाफा आर्जजन गरेको छ । कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार सो मुनाफा आर्जन गरेको देखिएको हो । 

आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ९९ लाख ६६ हजार ४ सय ३५ रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आघिल्लो आवमा ७ करोड ७७ लाख ७२ हजार १ सय ६९ रुपैयाँ  नाफा कमाएको थियो । कम्पनीले अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७८/७९मा १ करोड २१ लाख ९२ हजार २ सय ७१ रुपैयाँले बढी नाफा कमाएको हो । 

यो अवधिमा कम्पनीले पिलुवा खोला स्मल जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १३ करोड ९१ लाख ७३ हजार ८ सय ७८ रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवमा ५ कारोड ३४ लाख २७ हजार ९ सय ८४ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका खुद नाफा बढेसँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । 

यस्तै, कम्पनीले अन्य स्रोतबाट अघिल्लो आवमा ७ करोड ८८ लाख ३ हजार ३ सय ४३ रुपैयाँ आम्दानी गरेको छ भने गत आवमा ७ करोड ९९ लाख ३२ हजार ८ सय ९६ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको संखुवासभामा ३ मेगावाको पिलुवा खोला स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीले ९.४० मेगावाटको काबेली बी–१ क्यासकेड निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit