विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९११ किलोवाटको आमादब्लम मिनी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्टको सहयोगमा आमादब्लम मिनी हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्ने भएको हो । प्रस्तावित परियोजना उक्त पालिकाको पाङ्बोचे भन्ने स्थानमा रहेको चोलुन्चे खोलाको पानी प्रयोग गर्ने गरी अघि बढाइएको छ ।

आयोजनामा ४८५ क्षमताका २ वटा टर्वाइन राखेर ६५० किलोभोल्टका दुई जनेरेटरमार्फत विुद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ११ केभिए प्रसारण लाइन र १.१ केभिए वितरण लाइनमार्फत उक्त गाउँपालिकाकाे वडा नम्बर ४ का ४५१ घरधुरीमा पुर्‍याउने लक्ष्य राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने वस्तीहरुमा लाइन पुर्‍याउन आयाेजना निर्माण गर्न लागिएकाे हाे । आयोजना सञ्चालनमा आएपछि हालसम्म राष्ट्रिय ग्रिडको बिजुली नपुगेका उक्त स्थानका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजनबाट वार्षिक ७२ लाख २५ हजार ७८१ किलोवाट आवर विद्युत् उत्पादन हुने छ ।

कुल लागत ६१ करोड ८९ लाख १ हजार ६ सय ३८ रहेको उक्त आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान १२ करोड ८३ लाख ७ हजार रुपैयाँ रहेको छ। त्यस्तै केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गतको दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत १७ करोड ५० हजार, ऊर्जा सेवा प्रदायक कम्पनीको १७ करोड ५ लाख ४४ हजार ६ सय ३८ तथा विश्व बैंकको ऋण लगानी १५ करोड रहेको छ । 

आयोजना निर्माण सुरु गरेको १८ महिना (डेढ वर्ष) भित्र पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनाको इआइए स्वीकृतिका लागि हाल विद्युत् विकास विभागमार्फत सम्बन्धित निकायमा पठाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit