विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गढीमाई पूर्वका उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरण सिमरा वितरण केन्द्रको ११ केभी फिडरको आपूर्ति बन्द हुँदा उद्योगको सेवा प्रभावित भएको हो ।

सिमरा औद्योगिक फिडरको विद्युतीय पोल स्थानान्तरण गर्न बिहान ८ बजेदेखि विद्युत आपूर्ति बन्द गरेको वितरण केन्द्रले जनाएको छ । आपूर्ति बन्द गरेर विस्तारित सडकको पोल स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

आपूर्ति बन्द हुँदा गढीमाई पूर्वका नारायणी फुड्स, राजेश मेटल, शिव शक्ति घिउ उद्योग क्षेत्रको विद्युत सेवा प्रभावित भएको छ । अवरुद्ध सेवा दिउँसो २ बजेबाट सुचारु हुने वितरण केन्द्रले जनाएको छ ।

फेवा फिडरको सेवा पनि अवरुद्ध
प्राधिकरण पोखरा वितरण केन्द्रको फेवा फिडरको सेवा पनि अवरुद्ध भएको छ । पाल्पाली बस्ती, स्वास्थ्य चौकी सांग्रिला कुलो, आँखा अस्पताल, घारीपाटन क्षेत्रको सडकमा पोल स्थानान्तरण गर्न बिहान १० बजेटबा सेवा अवरुद्ध गरिएको हो ।

अवरुद्ध सेवा साँझ ६ बजेबाट सुचारु हुने वितरण केन्द्रले जनाएको छ । विद्युत आप्रर्ति बन्द हुँदा आधा दर्जन बढी स्थानको सेवा प्रभावित भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit