विद्युत अपडेट

  • प्राधिकरण : ८८८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५५४० मे.वा.घन्टा
  • आयात : ८५७० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २५२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२१४५ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९०९ मे.वा.
२०८० जेठ २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर आवेदन अवधि थप भएको छ । विश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जेठ २ गतेसम्मका लागि ७ दिनको समय थप गरेको हो ।

कम्पनीले गत ६ गते (सोमबार) बाट निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यसकेड जलविद्युत आयोजनामा लगानी जुटाउन सबै सेयरधनीका लागि निष्कासन गरेको हकप्रद सेयर आवेदन अवधि आगामी आइतबार (२६ गते) सकिदै छ ।

सेयरधनीका लागि चुक्ता पुँजीको  १ः०५ (५० प्रतिशत) सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लगानीमा पाँचथरमा निर्माणाधीन आयोजना ६० प्रतिशत पूरा भएको छ । निर्माणाधीन आयोजनाबाट २०७८ असोजदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंक अफ काठमाडौं र कुमारी बैंकको ऋण लगानी छ । बाँकी ६० करोड रुपैयाँ स्वपुँजी लगानी छ । यो आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले यसअघि संखुवासभामा निर्माण गरेको ३ मेगावाटको पिलुवा जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले यही जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानी विभिन्न सहायक कम्पनी मार्फत अघि बढेका जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit