विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रो पवार लिमिटेडले जेठ १ गतेदेखि साधरण सेयर निष्कास गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पुँजीको २२ करोड रकम मध्येको १० प्रतिशत अर्थात २ करोड २० लाख रकम बराबरको सय रुपैयाँ अंकित २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याग्ङदी गाउँपालिका (साविक घनपोखरा गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९ ) का स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि बाँकी रहेको २९.५५ प्रतिशत अर्थात ६ करोड ५० लाख रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख ५० हजार कित्ताको  १० प्रतिशतश अर्थात ६५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । 

स्थानीयले न्यूतम १० कित्ता देखि अधिकत्तम १ लाख कित्ता सम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ ३० गते सम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजागारीमा गएका नेपाली नागरिककले जेठ १६ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला स्मल जलविद्युत आयोजना निर्माणाधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit