विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइनको काम पूरा गर्न नसक्दा लमजुङको दोर्दी नदी बेसिनमा उत्पादित ६४ मेगावाट विद्युत प्रणालीमा आवद्ध गर्न सकिएको छैन ।

निजी क्षेत्रबाट प्रवर्द्धित ३ जलविद्युत आयोजनाको काम पूरा भएर परीक्षण उत्पादन सकिए पनि प्रसारण लाइनको अभावमा व्यावसायिक उत्पादन हुन नसकेको हो । २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको दोर्दी–१ ले सम्पूर्ण काम पूरा गरेर विद्युत जोड्न पर्खेर बसेका छन् ।

प्राधिकरणले दार्दी बेसिनबाट मध्यमस्र्याङ्दी विद्युतगृहको स्वयुचयार्डसम्म करिब ६ किलोमिटर प्रसारण लाइनको काम पूरा नगर्दा व्यावसायिक उत्पादन गर्न नसकिएको माथिल्लो दोर्दी ‘ए’ को प्रवद्र्धक लिबर्टी हाइड्रो इनर्जी कम्पनीका प्रबन्ध निर्देशक आत्मराम घिमिरेले बताए । ‘प्रसारण लाइन तयार हुने प्रतीक्षा गरेको धेरै भयो, अझै पूरा भएको छैन,’ उनले भने, ‘यसमा प्राधिकरणको उदासिनता हो वा ठेकेदारको हामी अन्योलमा छौं ।’

यसैगरी, २७ मेगावाटको दोर्दी खोलाको निर्माण पनि २०७८ फागुनमै सम्पन्न गरेर एक महिनासम्म परीक्षणसमेत सकिएको थियो । तर, अझै व्यावसायिक उत्पादन गर्न नसकिएको हिमालयन पावर पार्टनर लिमिटेडको गुनासो छ । उता दोर्दी–१ को भने परीक्षण सकिन लागेको आयोजना निर्माण तथा व्यवस्थापन अधिकृत विजय खड्काले बताए । उनका अनुसार प्राधिकरणले लाइन निर्माण पूरा नगर्दा विद्युत खेर जाने अवस्था देखिएको छ ।

निर्माणमा स्थानीयले अवरोध गर्दा सयममा सम्पन्न गर्न नसकिएको २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनका आयोजना प्रमुख चिरन्तनविक्रम राणाले बताए । ‘सबै काम जेठभित्र सम्पन्न गर्ने लक्ष्य थियो, स्थानीयले अवरोध गर्दा लक्ष्य हासिल हुन सकेन,’ उनले ऊर्जा खबरसँग भने, ‘अब असारभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’ अहिले कामदार कम भएकोले पनि कामको प्रगति सुस्त रहेको र कामदार थपेर समयमै सक्ने प्रयास भइरहेको उनको भनाइ छ ।

२०७९ सालको बैशाखभित्रै प्रसारण लाइनको ६ वटामध्ये ३ वटामा तार तान्ने काम सकिएको प्राधिकरणले जनाएको छ । दोर्दी बेसीनमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाको विद्युत जोड्ने उद्देश्यले दोर्दी कोरिडोरको निर्माण अगाडि बढाइएको थियो ।

२०७८ असार १ गते आएको बाढीले निर्माण पूरा भइसकेको खण्डका ४ वटा टावर बगाएपछि दोर्दी बेसिनमा उत्पादित विद्युत प्रवाह गर्न वैकल्पिक व्यवस्था गरी मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोड्ने गरी काम भइरहेको छ ।

बाढीले क्षति पुर्याएको टावर निर्माणको काम एक वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । गत वर्षको बाढीले उल्लेखित ३ आयोजनामा समेत क्षति पुर्याएको थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र बाढी–पहिरोका कारण पनि प्रसारण लाइन निर्माणको काम धकेलिँदै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit