images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । सतलजल जलविद्युत निगम (एसजेभिएन) अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले लाइनको जग्गा अधिग्रहणको काम अघि बढाएको हो ।

४०० केभी प्रसारण लाइन अन्तर्गतको निर्माणाधीन डिडिङ–ढल्केबर–बथनाह खण्डको जग्गा अधिग्रहणको काम सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार धनुषाको साविक ढल्केबर २ (क), तल्ले गोदार ५(क) ७(ख) ४ (क) गाविसमा पर्ने जग्गा अधिग्रहण सूरु गर्न लागिएको छ ।

लाइनको टावरहरू निर्माणका लागि जग्गा तथा जग्गामा रहेको घर, गोठ, टहरा तथा रुख विरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्न लागिएको हो । आगामी १५ दिनभित्र आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भएमा त्यसको कारण खोली आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी दिन सकिने पनि कम्पनीले जनाएको छ । अधिग्रहणका लागि जग्गाहरू रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न/नगराउनु कम्पनीले सार्वजनिक गरेकाे सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit