विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले विद्युत आपूति सुधार गर्नका लागि रामेछाप जिल्लाको साँघुटारमा निर्माण गरिएकाे ३३/११ केभी साँघुटार सबस्टेसन चार्ज भएको छ ।  निर्माण सम्पन्न गरी सबस्टेसन चार्ज गरिएकाे हाे ।

सबस्टेसन शनिबार (साउन २१ गते) साँझ ५ बजे चार्ज गरिएको हो । सबस्टेसन चार्ज भएसँगै मन्थलीबाट पूर्वि क्षेत्रको विद्युत आपूर्ति सहज भएको केन्द्र प्रमुख कृष्णहरी दाहालले बताए । उनका अनुसार २ वर्षअघि देखि निर्माण सुरु गरिएको सबस्टेसनको काम पूरा भई चार्ज गरिएको हो ।

‘मन्थलीको पूर्वि क्षेत्रमा भोल्टेजमा र ट्रिपिङमा समस्या थियो’, उनले ऊर्जाखबरसँग भने, ‘सबस्टेसन चार्जभएसँगै यीलगायतका समस्या समाधान भएको छ ।’ जिल्ला अर्न्तगतका सबै क्षेत्रमा विद्युत सेवा विस्तार गरिएको छ । उमाकुण्डक गाउँपालिकाको अन्तिम क्षेत्रको गाउँ गुम्देलमा भने सेवा पुर्याउन बाँकी रहेको केन्द्रले जनाएको छ । केन्द्र अन्तर्गत अहिले करिब साढे ३५ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit