images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माण्डु हाइड्रो पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर निष्कासन गरेको थियो । जसमा १० कित्तादेखि १ हजार ५०० कित्तासम्म आवेदन दिने १३ हजार ६ सय ३६ आवेदकहरूलाई १० कित्ता, २० कित्तादेखि १ हजार ५ सय कित्तासम्म आवेदन दिने ५ हजार ६ सय ६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १ लाख ३६ हजार ३ सय ६४  कित्ता सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयर धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको २२ मेगावाटको बगमती साना जलविद्युत आयोजना सञ्चालनमा छ । सञ्चलनमा रहेको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit