विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर शुक्रबार (२५ गते) बाडँफाँड हुने भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको सेयर भर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार माग भन्दा ४१.७९ गुणा बढी आवेदन परेको थियो ।

गत १३ गते साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएको कम्पनीले जनाएको छ ।

आवेदकमध्ये ७४ हजार ४ सय सर्वसाधारणले १० कित्ता सेयर पाउने बिक्री प्रबन्धकले जनाएको छ । बाँकी २३ लाख २१ हजार बढी सर्वसाधारणको हात खाली हुनेछ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता  सेयरको लागि मात्रै सर्वसाधरणका लागि निष्कासन गरिएको थियो ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन ११ गते सेयर निष्कासन अनुमति पाएको थियो । कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो । कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit