विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीको संखुवासभामा निर्माणाधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिएको हो ।

कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये २ लाख ५३ हजार ८ सय ९० जनाले १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक प्रभु क्यापीटल लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार योग्य रहेको कूल १८ लाख ९ हजार ५९ आवेदकमध्ये यती आवेदकले सेयर पाएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि गत बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारका लागि सय रुपैयाँ अंकित २७ करोड ३० लाख रूपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार निष्कासन गरेको सेयर मध्ये ५४ लाख ६० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियाे ।

१ लाख ३६ हजार ५ सय कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको थियाे । बाँकी, २५ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० फागुनदेखि उत्पादन अनुमति लिई अघि बढेको आयोजना २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेसमेन्ट बैंक र प्रभु बैंकको ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit