विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकासहित देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ । विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले प्रस्ताव गरिएका ५० वटा नयाँ चार्जिङ स्टेसनको काम सुरु भएको हो ।

ठेकेदारले ‘प्रि–कन्स्ट्रक्सन’ कार्य सम्पन्न गरी रिपोर्ट बुझाएको आयोजना प्रमुख सागरमणि ज्ञवालीले बताए । ‘उपत्यकासहित देशका विभिन्न स्थानमा प्रस्ताव गरिएका चार्जिङ स्टेसन निर्माणको काम अघि बढेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उपकरण जडान गर्नुअघि गर्नुपर्ने सबै कामको रिपोर्ट ठेकेदारले हामीलाई बुझाएको छ । त्यसको अध्ययनपछि संरचना बनाउने कार्य हुनेछ ।’

उनले चार्जिङ स्टेसनको उपकरण जडित संरचना तयार गर्न बढीमा ३ महिना लाग्ने बताए । चार्जिङ स्टेसनको धेरै काम सम्पन्न भइसक्नु पर्नेमा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाका कारण आवश्यक उपकरण चीनबाट आउन नसक्दा निर्माण अवधि केही धकेलिन पुगेको उनले बताए ।

चार्जिङ स्टेसनमा जडान हुने उपकरण आयात भइसकेका छन् । चार्जिङ स्टेसन निर्माणमा जडान हुने उपकरण चीनमा उत्पादन भएका हुन् ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजना अन्तर्गत उपत्यकासहित देशभरमा ५० चार्जिङ स्टेसन निर्माणकाे काम अघि बढेकाे हाे । प्राधिकरणले यी चार्जिङ स्टेसन निर्माण गर्न चीनको वाङबाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेडसँट ठेक्का सम्झौता गरेको छ ।

सम्झौता भएको मितिले १ वर्षभित्रमा ठेकेदार कम्पनीले चार्जिङ स्टेसनको निर्माण सम्पन्न गर्नुपर्नेछ । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभाव चार्जिङ स्टेसन निर्माणमा परे पनि तालिका हेरफेर नहुने प्राधिकरणले जनाएको छ ।

चार्जिङ स्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको ५ वर्षसम्मको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने सम्झौता छ । ५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै चार्जिङ स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन निर्माण गर्न एसियाली विकास बैंकले ऋण लगानी गरेको छ । ५० मध्ये उपत्यकामा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । यसबाहेक पनि बागमति प्रदेशमा मात्रै १३ वटा चार्जिङ स्टेसन निर्माणकाे काम अघि बढेकाे छ । उपत्यका बाहिर मलेखु, बिपि राजमार्ग (सिन्धुली), हेटौंडा, भरतपुर, मुङलिन, कुरिनटार र बनेपामा चार्जिङ स्टेसन बन्दैछन् । 

यस्तै, प्रदेश–१ मा भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा गरी ५ स्थानमा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । प्रदेश–२ मा वीरगन्ज, सिमारा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजबिराज गरी ७ स्थानमा चार्जिङ स्टेसन निर्माण  हुँदैछन् ।

गण्डकी प्रदेशमा पनि ६ वटा चार्जिङ स्टेसन निर्माणकाे काम अघि बढेकाे प्राधिकरणले जनाएकाे छ । यो प्रदेशमा नवलपुर (पूर्वि नवलपरासी), दमौली, स्याङ्जामा १/१ वटा तथा पोखरामा ३ वटा चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली र सूदुर पश्चिम प्रदेशमा क्रमशः ८, १ र ३ वटा गरी १२ चार्जिङ स्टेसन निर्माण हुनेछन् । लुम्बिनीमा नेपालगन्ज, भालुवाङ, बुटवल (३), दाङ र बर्दघाट/ सुनवल (२) मा चार्जिङ स्टेसनको संरचना राखिनेछ । कर्णालीको सुर्खेतमा एउटा तथा सूदुरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit