विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्ड नेपाल (आइबीएन) ले काठमाडौं उपत्यकाको चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि अन्तर्राट्रिय बोलपत्र आह्वान गरेको छ । बोर्डले आइतबार सूचना जारी गर्दै (इबीआरटी)  र्यापिड ट्रान्जिट बस सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।

बस सञ्चालन, व्यवस्थापन र विकासका लागि सम्भाव्यता अध्ययन गर्न बोलपत्र आह्वान गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार इच्छुक कम्पनीले आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अध्ययनका लागि छनोट भएको कम्पनीले सम्झौता भएको १८ महिनाभित्र चक्रपथ र्यापिड ट्रान्जिट बस सञ्चालनको विषयमा अध्ययन सम्पन्न गर्नुपर्नेछ ।

विद्युतीय बस सञ्चालनपछि सार्वजनिक सवारी साधनको सेवा स्तरोन्नति,यात्रा अवधि घटाउने,  सडक सुरक्षा, सार्वजनिक सवारी साधनको सहज उपलब्धता, विश्वसनीयता बढ्ने विश्वास लिइएको छ ।

विद्युतीय बस सञ्चालनका लागि चक्रपथ सडकको लेन छ्ट्याउने योजना छ । अध्याधुनिक बस स्टप र टर्मिनल र स्मार्ट टिकेटिङ हुनेछ । चक्रपथमा विद्युतीय सवारी सञ्चालनको सम्भाव्यता अध्ययन बुट (बीओओटी) मोडलमा पूर्वाधारन निर्माण गर्न १५ करोड ३० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit