विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा ५ बैंकले ऋण लगानी गर्ने भएका छन् । म्याग्दीमा हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएका हुन् ।

आयोजनाको प्रवर्द्धक र ऋण लगानी बैंकहरूबीच सोमबार (कात्तिक २१ गते) सम्झौता भएको छ । सम्झौता अनुसार आयोजनामा बैंकहरुले गर्न लागेको लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ ।

आयोजना सम्पन्न गर्न १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम २०८२ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गर्न धेरै चुनौति हुने भएपनि जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि तोकिएको समयमै पूरा गर्ने हाइड्रो भिलेज अध्यक्ष रामेश्वर थापा  थापाले बताए ।

अहिले आयोजनालाई जाड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी भइरहेको कम्पनीले जनाएको छ । धौलागिरि गाउँपालिकाको दोभानमा आयोजनाको बाँध निर्माण हुनेछ । बगर भन्ने स्थानमा विद्युतगृह निर्माण हुनेछ । आयोजना पूरा भएपछि सुख्खायाममा १०३.११ गिगावाट र वर्षामा २३२.८८ गिगावाट घन्टा गरी वार्षिक ३३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको बनखेत सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit