विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम ७० प्रतिशत सकिएको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम सकिन लागेको हो ।

आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको कम्पनीका सञ्चालक इन्द्रमणी धितालले बताए । उनका अनुसार आयोजनाको बाँध, विद्युतगृह सबै क्षेत्रकाे काम द्रुत गतिमा अझि बढेकाे छ । आयोजनाको बाँध क्षेत्रको डिस्यान्डर र अन्डरस्लूइसलाई प्राथमिकतामा राखेर काम भइरहेको छ  । बाँध क्षेत्रको काम आगामी ६ महिनाभित्र सम्पन्न गर्नेगरी काम तिव्र गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ ।

यस्तै, विद्युतगृहको ९० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर त्रिलोकसिंह महराले बताए । निर्माण सुरु भएको १४ महिनामा विद्युतगृहको काम अन्तिम चरणमा पुर्याइएको हो । बाँकी काम पनि तिव्र गतिमा अघि बढाइएको महराले बताए ।

आयोजाको बाँकी सबै काम पूरा गरेर २०७९ फागुनभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । ‘आयोजनाको विद्युत उत्पादन तालिका फागुन १३ गते छ’, धितालले भने, ‘निर्धारित तालिकाभित्र आयोजनाको सबै काम पूरा गरेर उत्पादन परिक्षण सुरु गरिनेछ ।’

आयोजनामा १६ सय स्थानीयबासी लगानीकर्ता भएकोले प्रसारण लाइन तथा जलविद्युत आयोजनामा कुनै समस्या वा अवराेध नरहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत १३२ केभी डबल सर्किट प्रसारण लाइन मार्फत १६ किलोमिटर दुरीमा रहको नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । लाइनमा ५७ वटा टावर निर्माण हुनेछ । कम्पनीले आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।
आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, नेपाल बंगलादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रथिशथ हो । २ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपूँजी लगानी छ ।

यो आयोजना अपि पावरले निर्माण गरेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि दार्चुलामा साढे १६ मेगावाटका २ आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रणालीमा जोडिसकेको छ । 

कम्पनीले जलविद्युतसँगै सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीले निर्माण गरेको ४ मेगावाटको चन्द्रनिहापुर, १ मेगावाटको ढल्केबर सौर्य आयोजनाको विद्युत प्रणालीमा जोडिसकेको छ । एक मेगावाटकाे सिमरा साैर्य आयाेजनाकाे काम पनि अन्तिम चरणमा पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit