विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको जलविद्युत क्षेत्र विकासका लागि एसियाली विकास बैंक (एडिबी) र विश्व बैंक बीच सहकार्य हुने भएको छ । यी बैंकहरूले नेपालको प्रस्तावित माथिल्लो अरुण तथा दूधकोशी जलविद्युत आयोजना विकासका लागि सहकार्यका समझदारी (एमओयू) गरेका हुन् ।  

दुई संस्थाले सुरुवाती ५ वर्ष सँगै काम गर्ने आपसी सर्तसहित बुधबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) चलिरहँदा एसियाली विकास बैंककी उपाध्यक्ष फात्तिमा यस्मिन र विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेसरले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

‘विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) बीच भएको यो सम्झौता नेपालको ऊर्जा सुरक्षामा महत्वपूर्ण कदम हुनुका साथै बढ्दो जनसंख्या र शहरीकरण, ऊर्जा माग सम्बोधनका साथै छिमेकी देशबीच ऊर्जा व्यापारमा क्षेत्रीय सहकार्यसहित हरित ऊर्जा र समावेशी विकासमा सहयोग पुग्छ,’ उपाध्यक्ष यस्मिनले भनिन्, ‘एडिबी हरित ऊर्जाको प्रवर्द्धन र जलवायुका कार्य लक्ष्यप्रति प्रतिबद्ध छ । ऊर्जा उत्पादनभन्दा पनि समाजमा र सामाजिक जीवनशैलीमा सकरात्मक प्रभावका साथै वातावरण र सबैको दिगो भविष्य सुनिश्चत गर्न हामी प्रतिबद्ध छौ‌ँ, ’ उनले भनिन् ।

नेपाल सरकार, साझेदार संस्थाहरू तथा निजी क्षेत्रको आपसी सहकार्य बिना नेपालका ठुला जलविद्युत परियाेजनाकाे प्रचुर सम्भावनाको पूर्ण उपयोग हुन सक्दैन, विश्व बैंककाे दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेसरले बताए ।

‘यो सम्झौतासँगै एडिबी र विश्व बैंकबीच आगामी दशक नेपालको हरित ऊर्जा विकास, दिगो र समावेशी विकासका लागि नेपालले वित्तीय तथा नीतिगत सुझाव प्राप्त गर्नेछन्,’ रेसरले भने । 

यी दुई बहुपक्षीय बैंककाे सहकार्यबाट जलविद्युत क्षेत्रमा आपसी ज्ञान र अनुभव साटासाट तथा ऊर्जा क्षेत्रको विकासको लागि समान धारणाका साथै विश्लेषणात्मक अध्ययन तथा जलविद्युत क्षेत्रको विकासको लागि परामर्शसमेत उपलब्ध गराइने बताइएको छ । 

यो समझदारीपछि एडिबी र विश्व बैंकले नेपालको ऊर्जा विकास, कार्यान्वयनकारी निकायहरूको संस्थागत क्षमता विकास, नेपालका ठुला जलविद्युत कम्पनीको विकास तथा ऊर्जा क्षेत्रमा वित्तीय सहयोग उपलब्ध गराउने जनाएको छ । एडिबीले एसियामा गरिबी न्यूनीकरणसहित समृद्ध, समावेशी, उत्थानशीलता र दिगो विकासका लागि प्रतिबद्ध रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit