विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा विद्युत दिएकाे छ । प्राधिकरणले १३२ केभी मर्स्याङ्दी–स्युचाटार प्रसारण लाइन अन्तर्गत मलेखुमा स्वीचिङ स्टेसन निर्माण गरी लुपइन–लुप आउट गरी सिमेन्ट उद्याेगमा विद्युत दिएकाे हाे ।

मलेखु स्विचिङ स्टेसनमा सोमबार लोड दिएर चार्ज गरेपछि सिमेन्ट उद्याेगमा विद्युत पुगेकाे प्राधिकरण धादिङ वितरण केन्द्रका इन्जिनियर पुरुषोत्तम खड्काले बताए । उनका अनुसार स्वीचिङ स्टेसनदेखि सिमेन्ट उद्योगसम्मको १३ किलोमिटर १३२ केभी प्रसारण लाइन अहिले नो–लोडमा चार्ज गरिएको छ ।

उद्योगसम्मको प्रसारणलाइन सिमेन्ट उद्योगले आफ्नै खर्चले निर्माण गरेको हो । उद्याेग परिसरभित्र पनि १३२ केभीको सबस्टेसन निर्माण गरिएकाे छ । प्रसारण लाइन लोडमा चार्ज भएपछि सिमेन्ट उद्योगले २० मेगावाट विद्युत खपत गर्नेछ ।

उद्योगले अबकाे ३ साताभित्र परीक्षणत उत्पादन सुरु गर्दैछ । २ महिनाभित्र व्यापारिक उत्पादन सुरु गर्ने तालिका छ । याे सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरू मध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीकोरूपमा हुवासिनलाई लिइएकाे छ ।

मलेखु स्विचिङ स्टेसनमा  पावर ट्रान्सफर्मर जडान गरी धादिङ बेसी र जहरे लगायतका क्षेत्रमा विद्युत सेव पुर्याउने याेजना रहेकाे प्राधिकरणले जनाएकाे छ। अबकाे एक वर्षभित्र जिल्लामा पूर्ण विद्युतीकरण गरिसक्ने याेजना छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit