विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणसँग उपभोक्ताको माग हुने विद्युत् मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् । प्राधिकरणको सञ्चालक समिति बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग सो विषयमा छलफल गरेका हुन् । उपभोक्ताबाट मिटर तथा ट्रान्सफर्मर जस्ता आवश्यक उपकरणहरू सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि मन्त्री श्रेष्ठले चासो व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रिया पूरा गर्दा केही समस्या देखिए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति हुने क्रममा रहेको जानकारी गराएको छ । व्यवस्थापनले अब उपभोक्तालाई यस्ता उपकरणको अभाव नहुने स्पष्ट पारेको छ ।

त्यस्तै, मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत् प्राधिकरणका विभिन्न परियोजनाहरूको बारेमा सर्वसाधारणलाई स्पष्ट जानकारी दिने सूचनापाटी राख्न सुझाव दिएका छन् । सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित अवधि, निर्माण गर्ने कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बर जस्ता विवरण राख्न मन्त्री श्रेष्ठको सुझाव छ ।

मन्त्री श्रेष्ठले यस्ता सूचनापाटीले परियोजनाको पारदर्शिता बढाउने र जनताले सजिलै जानकारी पाउने बताएका छन् । यो बैठकमा ऊर्जा क्षेत्रका अन्य चालु परियोजनाहरूको प्रगति तथा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३