विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मदन भण्डारी राजमार्ग अन्तर्गत झोर खोलादेखि मरिन पुलसम्मको खण्डमा ‘असफाल्ट कङ्क्रिट पेभमेन्ट’ निर्माणका लागि निर्माण व्यवसायी छनोट गरेको छ । उक्त कार्यका लागि उदयपुरको त्रियुगा नगरपालिका–११ कार्यालय रहेको बेल्टार निर्माण सेवा प्रालि छनोट भएको हो ।

विद्युतीय बोलपत्र (ई–बिडिङ) मार्फत प्राप्त आवेदनहरूमध्ये उक्त कम्पनीको प्रस्ताव सबैभन्दा न्यून मूल्याङ्‌कित र सारभूत रूपमा प्रभावग्राही रहेको आयोजनाले बिहीबार एक सूचनामार्फत जानकारी दिएको हो ।

आयोजनाका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर र ‘प्रोभिजनल आइटम’सहित कुल २ करोड ५० लाख ६० हजार ३ सय १५ रुपैयाँ मा उक्त कार्यको निर्माण सम्पन्न गर्ने गरी रकम कबोल गरेको छ ।

निर्माण कम्पनी छनोट भएसँगै अब मदन भण्डारी राजमार्गको उक्त महत्त्वपूर्ण खण्डको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । आयोजनाले गत फागुन ८ गते (२० फेब्रुअरी २०२६) पहिलो पटक सूचना प्रकाशित गर्दै उक्त निर्माण कार्यका लागि प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र आह्वान गरेको थियो ।

आयोजनाअन्तर्गत सुनकोसी नदीको पानी मरिन खोलामा पथान्तरण गर्ने र त्यहाँबाट बागमती नदीमा मिसाएर मधेशका प्रदेशका ५ जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । त्यस्तै, ३२ मेगावाट विद्युत् उत्पादन गर्ने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

हालसम्म नदी पथान्तरणका लागि सुरुङ निर्माण सम्पन्न भइसकेको छ तर बाँध, विद्युत्‌गृहलगायतका संरचना बनाउन ढिलाइ हुँदा आयोजना सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३