images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीले अबदेखि स्वैच्छिक अवकास लिन नपाउने भएका छन् । प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वैच्छिक अवकास सम्बन्धि व्यवस्था २०७९ साउन १ गतेदेखि खारेज हुन लागेकाले कर्मचारीले आफुले चाहेका बेला सेवाबाट स्वैच्छिक अवकास लिन नपाउने भएका हुन् । 

सञ्चालक समितिको गत पुस २१ गते बसेको ८९४औं बैठकले विनियमावलीमा भएको व्यवस्था आगामी साउनदेखि खारेज गर्ने निर्णय गरिसकेकाले अब कर्मचारीले स्वैच्छिक अवकास लिन नपाउने प्राधिकरण जनसाधन विभागका निर्देशक बेलप्रसाद शर्माले बताए । उनका अनुसार यो व्यवस्था २०७९ साउन १ गतेबाट लागु हुनेछ ।

यो भन्दाअघि स्वैच्छिक अवकास लिन इच्छुक सेवा, सर्त पूरा भएका कर्मचारीले भने  २०७९ असार मसान्तसम्म विनियमावलीमा भएको व्यवस्था बमोजिमको सुविधा लिन पाउने छन् । विनियमावलीमा भएको सर्त पूरा गरेका स्वैच्छिक अवकासका लागि इच्छुक कर्मचारीले असार मासान्तभित्र नै विभागमा दर्ता हुने गरी आवेदन दिन पाउने उनले बताए ।

‘स्वैच्छिक अवकास लिने व्यवस्था साउनदेखि खारेज हुन लाग्दैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसअघि विभागमा आवेदन दर्ता गराउने कर्मचारीको हकमा भने विनियमावलीमा भएको व्यवस्था अनुसार स्वैच्छिक अवकास दिन सकिन्छ ।’ प्राधिकरणले सूचना सार्वजनिक गरी यो अवधिमा स्वैच्छिक अवकास लिन इच्छुक कर्मचारीलाई नियम अनुसार आवश्यक प्रक्रिया पूरा गरी असार मसान्तभित्र विभागमा आवेदन दर्ता गराउन आग्रह समेत गरिसकेको छ ।

असार समान्तभन्दा पछि लागु हुने गरी परेका आवेदन उपकर कुनै सुनुवाई नहुने पनि सूचनामा जनाइएको शर्माले बताए । विनियमावलीमा भएको व्यवस्था खारेज भइसकेपछिको अवस्थामा प्राधिकरण कर्मचारीले आफ्नो सेवा अवधि पूरा गरिसकेपछि मात्रै सेवाबाट अनिवार्य अवकास पाउने छन् ।

विनियमावलीमा प्राधिकरणको सेवामा प्रवेश गरेको २० वर्ष अवधि पूरा गरिसकेको अवस्थामा  स्वैच्छिक अवकास लिन पाउने व्यवस्था छ । यही व्यवस्था साउनदेखि खारेज हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit