विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी मंगलबारबाट यो योजनाको सुरुवात गरेको हो ।

योजना अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकले क्रेडिट कार्डको सुविधा पाउने छन् । यो योजना नबिल बैंकमा मुद्दती निक्षेप खाता भई वित्तीय अनुशासन भएका तर, नियमित आम्दानी नभएका गृहिणी महिला, अवकाश प्राप्त व्यक्ति तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले नारी दिवसको अवसरमा २०२२ को मार्चमा सेवा लिन आवेदन दिने ग्राहकलाई निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । बैंकका अनुसार प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएमको प्रयोग गरी आफ्नो सहजता हेरेर प्रयोग गर्न सक्नेछन् । 

मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुको खरीदका लागि पनि कार्डको प्रयोग गर्न सकिनेछ । नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने सुविधा दिएको छ । यस योजना अन्तर्गत २ लाख रुपैयाँ प्रतिकार्डको सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सिमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । 

यो मुद्धती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डमा विषेशता सहितको सुविधा रहेको र ग्राहकले आफूले चाहेअनुरुप मुद्दती निक्षेपमा ११.०३% का दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३