विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । 

व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नासा हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत् आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुने जनाइएको छ ।

२६ अर्ब २० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौतामा नासा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतीलाल दुगड तथा बैंकहरूका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष–प्रमुख कार्यकारी अधिकृतहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । 

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब रुपैयाँ गरी १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँको वित्तीय प्रबन्ध गरिएको नेपाल बैंकले जनाएको छ ।

 कार्यक्रममा नेपाल बैंकका अध्यक्ष अधिकारीले नेपाली बैंकहरू त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायतका विभिन्न पक्षहरूको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरूमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने बताएको जनाइएको छ ।

नासा हाइड्रोपावरका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरूले तीव्रताका साथ गरेको कार्यले सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएकाले सरकारी बैंकहरूमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बताएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit