विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरी कार्बन उत्सर्जन शून्यमा झार्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न युरोपेली देशहरू समुद्री ज्वारभाटाबाटा (छाल) बाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रविधितर्फ आकर्षित देखिएका छन् । शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता कार्यान्वयन गर्न विकसित देशहरू नवीकरणीय ऊर्जाको स्रोत मानिएको समुद्री ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने प्रविधिममा लगानी बढाउन अघि सरेका हुन् ।

विश्व बजारमा ऊर्जाको खपत बढ्दै जाँदा जीवाश्म इन्धनको भण्डारण समाप्त हुने क्रम बढिरहेकोले पनि विकसित राष्ट्रहरूले यसतर्फ लगानी बढाउँदै लगेका छन् । नवीकरणीय ऊर्जा हरित ग्यास उत्सर्जन बढाउने जीवाश्म इन्धनको उत्तम विकल्प मानिएकाले समुद्री ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने प्रविधितर्फ लगानीको आकर्षण बढेको छ ।

समुद्रको छालबाट उत्पादन हुने नवीकरणीय ऊर्जालाई थर्मल, तरंग एवं समुद्री ऊर्जाको रूपान्तरण भनेर चिनिन्छ । यसबाट उत्पादन हुने विद्युत् स्वच्छ र नवीकरणीय ऊर्जा हो । नवीकरणीय ऊर्जा भएकाले यसबाट वृथ्वीमा बढ्दो कार्बन उत्सर्जन न्यूनिकरण गरी पर्यावरण जोगाउन सकिन्छ ।

समुद्रको ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया गहिराईको पानी र सतह नजिकको तापक्रमममा आउने भिन्नतामा आधारित हुने गर्दछ । समुद्रको गहिरो भागमा पानीको तापक्रम कम हुन्छ भने सतह नजिकको पानीको तापक्रम गहिराइको तुलनामा बढी तातो हुन्छ । यही गहिराई र सतहको पानीको बीचमा आउने तापक्रमको भिन्नतालाई प्रविधिको माध्यमबाट स्वच्छ ऊर्जामा परिणत हुने गरी ज्वारभाटाबाट ऊर्जा उत्पादन गरिन्छ ।

नवीकरणीय ऊर्जाको स्रोत मानिने वायु र सौर्य विद्युत्को तुलनामा समुद्र ज्वारभाटाबाट विद्युत् उत्पादन हुने प्रविधिलाई २४सै सञ्चालन गर्न सकिन्छ । यसबाट उत्पादन हुने विद्युत् अन्य नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने भन्दा लागतका हिसाबले सस्तो हुन्छ । समुद्रले घेरिएका देशका लागि विद्युत् उत्पादन गर्न स्रोतको कमी हुँदैन ।

बेलायत सरकारले भर्खरै समुद्री ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ । बेलायतले कार्बन उत्सर्जन बढाउने प्लान्टको उपयोगिता कम गर्दै लैजान यसबाट ऊर्जा उत्पादन गर्न वार्षिक २ करोड ७० लाख अमेरिकी डलर (२ करोड पाउण्ड स्टर्लिङ) लगानी गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

बेलायत सरकारले समुद्रको ज्वारभाटाबाट ऊर्जा उत्पादन गर्न छुट्ट्याएको लगानी ‘कन्ट्र्याक्ट्स फर डिफरेन्स रिन्युएबल इनर्जी अक्सन स्किम’ परियोजना अन्तर्गत कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । त्यहाँको सरकारले बढ्दो कार्बन उत्सर्जन न्यूनिकरण गर्न समुद्रमा आधारित प्रविधिको उपयोग गरी उत्पादन बढाउँदै लैजाने जनाएको छ ।

समुद्रको छालमा निहीत नवीकरणीय ऊर्जा स्रोतको उपयोग हुने प्रविधिको विकास एवं प्रयोगमा प्रोत्साहन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ । बेलायत सरकारले गरे यस प्रयासको समर्थन गर्दै इङ्ल्याण्डले पनि गत डिसेम्बर दोस्रो सातामा मोलाइस नामक समुद्री ऊर्जा सम्बन्धी परियोजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

होली टापुको उत्तरपश्चिम क्षेत्रमा निर्माण प्रस्ताव गरिएको यो परियोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ लाख ८० हजार घरधुरीलाई पुग्ने ऊर्जा उत्पादन गर्न सकिने समाचारहरूमा बताइएको छ । होली टापुस्थित समुद्रको ज्वारभाटामा आधारित परियोजनाको निर्माण कार्य सन् २०२३ बाट सुरु गर्ने लक्ष्य छ ।

युरोपको अर्को मुलुक बेल्जियमस्थित ब्यूरो भेरिटास समूहले पनि बेलायत सरकारको कामलाई स्वागत गरेको छ । अफसोर तथा समुद्री र नवकरणीय ऊर्जा सम्बन्धी काम गर्दै आएको यो समूहले वायु र सौर्य ऊर्जाभन्दा समुद्री ज्वारभाटाबाट उत्पादन हुने विद्युत् दिगो र गुणस्तरीय भएको दाबी गरेको छ ।

प्लायमाउथ विश्व विद्यालयले गरेको अध्ययनअनुसार समुद्रको ज्वारभाटाबाट उत्पादन हुने ऊर्जाले बेलायतको कूल खपतको ११ प्रतिशत विद्युत् माग धान्न सकिने देखिएको छ । यसरी उत्पादित ऊर्जा भविष्यमा आउने विद्युत् माग परिपूर्ति गर्ने दिगो र भरपर्दो माध्यम बन्न सक्ने पनि अध्ययनले देखाएको समाचारमा जनाइएको छ ।

२० वर्षमा वायुबाट ११५०० मेगावाट उत्पादन गरेको बेलायतले समुद्री ज्वारभाटाबाट पनि त्यति नै विद्युत् निकाल्ने महत्वकांक्षी परियोजना अगाडि बढाएको छ । बेलायतले अहिलेसम्म यस प्रविधिबाट १८ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ ।

विश्व विद्यालयले यस्तो प्रविधिबाट ऊर्जा उत्पादन गर्न परियोजना निर्माण गर्दा वातावरणमा पर्न सक्ने सम्भावित प्रभावको पनि अध्ययन अनुसन्धान गरेको छ । अध्ययनका क्रमममा समुद्रको ज्वारभाटाको प्रवाहबाट विद्युत् उत्पादन हुँदा वातावरणमा नकारात्मक प्रभाव पर्ने देखिएको छैन ।

यस्तै, युरोप वेभ परियोजनाको ‘इनोभेटिभ प्रि–कमर्शियल प्रोक्योरमेन्ट (पिसिपी)’ प्रक्रियामा पर्न सफल ७ युरोपेली टोलीले सन् २०२२ को पहिलो ६ महिनामा २४ लाख युरो बराबरको बजेट सार्वजनिक गर्ने जनाएका छन् । समुद्री ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने उपयुक्त प्रविधि तथा उपकरणको विकासमा यो बजेट उपयोग हुने बताइएको छ ।

पञ्च–वर्षीय अन्तरदेशीय साझेदारीको ‘अनुसन्धान र विकास शीर्षक’ को यस कार्यक्रमले यूरोप लगायत अन्य मुलुकलाई पनि समुद्री ज्वारभाटाबाट विद्युत् उत्पादन गर्ने सबैभन्दा उत्तम प्रविधिको प्रयोगमा सघाउ पुग्ने बताइएको छ ।

पहिलो चरण सकिएपछि दोस्रोमा युरोप वेभ परियोजनाले ५ वटा उत्कृष्ट प्रविधिको छनोट गरी निर्माण हुने परियोजनाको डिजाइन तथा मोडलको परीक्षण गर्नेछ । अन्तिम चरणमा बेलायतको स्कटल्याण्डसहित युरोपेली मुलुकमा समुद्री सतह एवम् त्यसभन्दा बाहिरको क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी ३ उपकरण  परीक्षणको रूपममा उपयोग गरिनेछ ।

फ्रान्सले पनि ‘ज्वारभाटा बाँध परियोजना’अन्तर्गत विगत २ वर्षदेखि समुद्रको ज्वारभाटाबाट ऊर्जा उत्पादन गर्दै आएको छ । अन्य सम्भावित स्थलमा उन्नत प्रविधिको उपयोगबाट बढी क्षमतामा ऊर्जा उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

(यो अनुवादित समाचार पुस १ गतेकाे ऊर्जा खबर अर्धवार्षिक पत्रिकाकाे पहिलाे अंकमा प्रकाशित भएकाे थियाे)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit