विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् उत्पादनको मुख्य स्रोत कोइला तथा प्राकृतिक ग्यासमा निर्भर रहेको बंगलादेशले सन् २०४१ सम्म छिमेकी देशहरूबाट ९ हजार मेगावाटसम्म विद्युत् आयात गर्ने रणनीति बनाएको छ । यो परिमाणले देशको करिब १५ प्रतिशत माग पूर्ति गर्न देखिएको छ ।

‘सीमापार विद्युत् व्यापार’ सम्बन्धी एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै बंगलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले उक्त योजना बाहिर ल्याएका हुन् । उनले भनेका छन्, ‘सीमापार विद्युत् व्यापारले वातावरणीय प्रदुषण कम गर्न मद्दत गर्नेछ र लागतका दृष्टिले प्रभावकारी हुनेछ ।’

विद्युत् क्षेत्रमा हुने क्षेत्रीय सहकार्य तथा समन्वयले दिगो र भरपर्दो विद्युत् विद्युत् वितरणमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि हमिदले बताएका छन् । उनका अनुसार बंगलादेशले क्षेत्रीय तथा उपक्षेत्रीय विद्युत् व्यापार र सहकार्यलाई उच्च प्राथमिकता दिएको छ ।

यही सहकार्यको परिणामअनुसार हाल बंगलादेशले भारतबाट ११६० मेगावाट विद्युत् आयात गरिरहेको छ । साथै, केही वर्षभित्रै नेपालबाट थप ५ सय मेगावाट आयात गर्ने तयारी गरिरहेको छ । उता भुटानबाट पनि विद्युत् आयात गर्नेबारे छलफल भइरहेको छ ।

भारतीय कम्पनी जिएमआर इनर्जीले निर्माण गर्ने भनेकाे ९०० मेगावाटकाे माथिल्लाे कर्णाली जलविद्युत् आयाेजनाबाट ५ सय मेगावाट बंगलादेश बेच्ने समझदारी भएकाे छ । कम्पनीले बंगलादेशसँग दर रेटकाे कुरा समेत टुंग्याएकाे जनाएकाे छ । यता नेपाली जलविद्युत् प्रवर्द्धकले पनि निजी क्षेत्रकाे पहलमा पनि बंगलादेश बिजुली बेच्न सकिने बताइरहेका छन् ।

‘इनर्जी बंगला डट कम’को सहयोगमा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit