विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली-३ 'बी' जलविद्युत आयोजनाको लागि कर्मचारी माग गरिएको छ । आयोजनाको ठेकेदार कम्पनी शुइफा एएनएचई ग्रुप कम्पनीले ९७ कर्मचारी माग गरेको हो ।

निर्माणाधीन आयोजनास्थलमा खटाउने गरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले एक जना आयोजना प्रबन्धक, एक जना उप–प्रबन्धक र एक जना प्रबन्ध निर्देशक माग गरेको छ ।

यस्तै, २० जना प्रबन्धक र ३५ जना प्राविधिकका लागि आवेदन खुलाएको छ । इन्जिनियरीङ विभागका लागि २० जना, वित्तीय विभागका लागि ३ जना, प्रशासन विभागका लागि ५ जना र खरिद विभागका लागि ५ जना कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

गुणस्तर व्यवस्थापन विभागका लागि ३ जना र अनुवादक, निरीक्षण र संयोजकका लागि ३ जना कर्मचारी माग गरेको छ । योग्य इच्छुक व्यक्तिले आगामी बुधबार (बैशाख १ गते) सम्म आवेदन दिन सक्नेछन् ।

आवेदकले बायोेडाटा, नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित आवेदन बुझाउनुपर्नेछ । आवेदक चिनियाँ तथा अग्रेजी भाषामा सक्षम हुनुपर्ने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित विषयको शैक्षिक योग्यता पुगेको तथा लामो कार्यानुभव भएको व्यक्तिले प्राथमिकता पाउने कम्पनीले जनाएको छ । रोजगारीको अवसर पाउने व्यक्तिले कम्पनीले निर्माण गरिरहेको आयोजना स्थलमा गई काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit