विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका सरोकारवालाहरूको टोलीले अव्यवस्थित र अनावश्यक तार हटाउन थालेका छन् । सोमबार (बैंशाख २५ गते) देखि विद्युतीय पोलमा रहेको अनावश्यक तार हटाउन सुरु गरिएको हो ।

आइतबार काठमाडौं महानगरपालिका, नेपाल दूरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकसहित सरोकारवालाहरूबीच भएको छलफलले सोमबारबाटै अव्यवस्थित तार हटाउने समझदारी कायम गरेको थियो  । समझदारी अनुसार सोमबार बिहानदेखि माइतीघर र न्यूरोड गेटबाट तारमा चिह्न लगाउने र अनावश्यक तार हटाउन थालिएको महानगरका महानगर प्रहरी इश्वर वाक्लेले बताए ।

पहिलो चरणमा माइतीघर–नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र न्यूरोड गेट–हनुमानढोका हुँदै असनसम्मका अव्यवस्थित तार हटाउन सुरु गरेको जनाइएको छ । अव्यवस्थित तार हटाउन विभिन्न १० वटा रुट तयार गरिएको छ । 

प्राधिकरण, महानगरपालिकाले सहरभर टाँगिएका अनावश्यक तार हटाउने बारम्बार सूचना निकाल्दै आएका थिए । गत बैशाख १२ गते महानगरले १५ दिने सूचना जारी गरी पोलमा टाँगिएका, सडक किनारामा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न लगाउन भनेको थियो । साेही अनुरुप काम सुरु गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit