विद्युत अपडेट

  • प्राधिकरण : ८७२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२२२ मे.वा.घन्टा
  • आयात : १९५६ मे.वा.घन्टा
  • निर्यात : ६९५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५२२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८३ ब‌ैशाख ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन ५७.५ मेगावाटको नुप्छे-लिखु जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको २०८२ साल माघ-चैतको त्रैमासिक प्रगति अनुसार समग्र भौतिक प्रगति ९५.४४ प्रतिशत पुगेको हो ।

कम्पनीका अनुसार आयोजनाको सिभिल निर्माण कार्य हालसम्म ९६.२७ प्रतिशत सम्पन्न भएको छ । मुख्य सुरुङको खन्ने कार्य पूर्ण रुपमा र फिनिसिङको काम ८८.२५ प्रतिशत सकिएको छ । यस्तै, लिखु हेडवर्क्सको काम ९९.५२ प्रतिशत सकिएक आयोजना सञ्चालनको तयारीमा रहेको छ । 

यसैगरी, विद्युत्‌गृहमा युनिट १ र २ को एसी जेनेरेटर जडान कार्य सम्पन्न भइसकेको छ भने युनिट ३ को जडान कार्य धमाधम भइरहेको छ । हाइड्रोमेकानिकलतर्फ ९४.९५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ ९३.३३ प्रतिशत प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम ९२.३१ प्रतिशत सकिएको छ । कुल ७८ वटा टावरमध्ये ७५ वटाको जडान कार्य सकिएको छ भने १५.०२ किलोमिटर तार तान्ने काम पनि पूरा भइसकेको जनाइएको छ । 

हालसम्म आयोजनाको कुल संशोधित लागत ११ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ रहेको छ । यसअघिको अनुमानित लागत १० अर्ब ५७ करोड ८० लाख रुपैयाँ थियो । पछिल्लो प्रक्षेपित लागतमध्ये ९३.६९ प्रतिशत रकम खर्च भइसकेको छ । यस्तै, आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रक्रिया समेत अन्तिम चरणमा पुर्‍याएको छ ।

सामाजिक उत्तरदायित्वका काम तर्फ अहिलेसम्म तेन्जिङ हिलारी पदमार्ग विकास, काठे पुल निर्माण, स्थानीय विद्यालयलाई न्यानो कपडा वितरण र स्याउ खेतीको सम्भाव्यता अध्ययनजस्ता उपलब्धि हासिल भएका छन् । भौगोलिक विकटता, इन्धनको मूल्य वृद्धि र उपलब्धता, तथा दक्ष जनशक्तिको अभावजस्ता केही चुनौतीका बावजुद आयोजनाले आगामी २०८२ असार ३० (जुलाई १६, २०२६) सम्ममा व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । 

यो आयोजना सम्पन्न भएपछि यसले नेपालको राष्ट्रिय प्रसारण ग्रीडमा वार्षिक ३८१.७३५ गिगावाट घण्टा ऊर्जा योगदान पुर्याउनेछ । हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसीसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना पनि हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३