विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जेठ २० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये ६० हजार कित्ता अर्थात ४ प्रतिशत कर्मचारीहरुको लागि सुरक्षित गरिएको र ७५ लाख कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको १३  लाख ५६ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । ८.८ मेगावाटको रुदी खोला–ए र ६.६ मेगावाटको रुदी खोला–बी जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit