images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडको १ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी १२ करोड १८ लाख ६७ हजारको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८ सय रकम बराबरको सय रुपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६८ कित्ता सेयर प्रभावित स्थानीयका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ (साविकको सद्रवती गाविसका सम्पूर्ण वडाहरु तथा भिश्वेर नगरपालिका वडा नम्बर १ (साविकको सुष्पा क्षमतावती गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

यसैगरी, सर्वसाधारमा निष्कासन हुने जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ७ रकम बराबरको सय रुपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६७ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरेको कम्पनीले जानकारी दिएको छ ।

स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । स्थानीयले छिटोमा असार १ गतेसम्म र ढिलोमा १७ गते आवेदन दिन पाउनेछन भने वैदेशिक रोजागारीमा गएका नेपाल नागरिककले असार १ गतेसम्म मात्र आवेदन दिन पाउनेछन । 

कम्पनीले पहिलो चरणमा  प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको दोलखा जिल्लाको भिमेश्वर शगाउँपालिकमा ९९८ किलोवाट क्षमताको सुस्पा बुखरी साना जलविद्युत आयोजना सञ्चालनमा छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit