विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको खुद नाफा ३३ लाख ३५ हजार रुपैयाँ घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा घटेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नाफा गत वर्षको यही समय अवधिको तुलनामा ३३ लाख ३५ हजार रुपैयाँ कम हो । गत वर्ष ४२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले अन्य स्रोतबाटनै नाफा कमाएको हो । कम्पनीले अन्य स्रोतबाट १० लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयअवधिमा ५५ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको रामेछापमा निर्माण सम्पन्न १९ मेगावाटका दुई जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । विद्युत जोडिने १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन पूरा नहुँदा विद्युत खेर गएको हो । विद्युत खेर जादा कम्पनीले मासिक ६ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit