images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय स्कुटर व्यवसायीहरूले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा अफरै आफर ल्याएका छन् । व्यवसायीहरूले नयाँ वर्षलाई लक्षित गर्दै विद्युतीय स्कुटर किन्दा माउन्टेन फ्लाइडको टिकटदेखि,नगद छुट, हेल्मेटलगायतका उपहार दिने योजना ल्याएका छन् ।

जम्बो इको भेहिकल प्रालि, हिमाल इभी मोटर्स, सेगवेले विद्युतीय स्कुटर खरिद गर्नेलाई नगद छुटसहित उपहारको योजना ल्याएका छन् । यस्तै, होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र क्लासीक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएका छन् ।

जम्बो इको भेहिकलले स्कुटरको खरिदमा दुई वटा हेलमेट र २५ हजार रुपैयाँ नगद छुट योजना ल्याएको छ । यस्तै,  मोटर्सले आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट र सेगवेको नयाँ स्कुटरको खरिदमा ग्राहकले २० हजार रुपयाँसम्मको नगद छुट, सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस्तै, क्लासीक ह्विल्सले दुई व्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरदेखी नगद छुटसम्म र लक्की ड्रमा भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको टिकट पाउनेछन् । स्याकार ट्रेडिङले नयाँ वर्ष स्किम संगै सरल फाइनान्स स्किम अफर ल्याएको छ ।

सेगवे

सेगवेको योजनामा काठमाडौं, ललितपुर, पोखरा तथा हेटौंडामा रहेको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ वर्ष स्किमअन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छटको अफर दिएको जानकारी दिएको छ ।

आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्री पछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ । सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ। कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा विक्री वितरण हुँदै आएको छ ।

जम्बो इको भेहिकल प्रालि

जम्बो इको भेहिकलले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दुईवटा हेल्मेट उपहार तथा २५ हजार रुपैयाँ छुट दिने योजना ल्याएको छ । नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र एमडीकेए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेहिकलले नगद छुट दिने जनाइएको छ ।

लोकन्थली भक्तपुरमा मल्टिब्राण्ड  शोरुम अर्थात् विभिन्न ब्राण्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेबिनिङ, एमडीकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्रीवितरण गर्दै आएको छ ।

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्रीपश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीले जनाएको छ। हाल जम्बो इको भेहिकलले ३००० वाटसम्मको मोटर भएका, ७२ भोल्टसम्मका इलेक्ट्रिकल स्कुटर तथा ई.साइकलहरु बिक्री वितरण गर्दै आएको छ जसका मूल्य ७० हजार रुपैयाँबाट सुरु हुने गरेका छन् ।

हिमाल ईभी मोटर्स

यसैगरी, नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको हिमाल ईभी मोटर्सले ‘नयाँ बर्षको बहार आइमा उपहार’ नामक नयाँ वर्ष अफर ल्याएको छ । मोटर्सले आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट दिने अफर ल्याएको हो ।

यो बम्पर छुटको अभियान अन्तर्गत ग्राहकहरूले १ लाख ८४ हजार रुपैयाँको टाइगर एस ३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस ६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । साथै, चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तानी गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।

ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुममा साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

क्यासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रालि

क्रसफायर र ईटालीका मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासीक ह्विल्सले दुई व्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदर देखी नगद छुटसम्म र लक्की ड्रमा भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको टिकट पाउने अफर ल्याएको छ ।

क्रसफायरको एचजे २५० र ट्रेकर २५० मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्डमार्फत २५ हजारसम्म छुट पाउन सक्ने र ईटालीका मोटोको स्टालीयन २५० र नभडा २५० मोटरसाइकलमा २५ हजार रुपैयाँ छुट तथा फर्मूला १५० स्कुटरमा १५ हजार छुट पाउन सकिने कम्पनीको भनाई छ । यी वाइकमा पनि कम्पनीले एसेसोरिज, रेनकोट र वीन्डचीटर निशूल्क उपलब्ध गराइनेछ ।

स्याकार ट्रेडिङ कम्पनी प्रालि

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार सरल फाइनान्स स्किममा मोटरसाइकल र स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ । सरल फाइनान्स स्किम अन्तर्गत ग्राहकले डीओ स्कुटर खरिद गर्दा तीनमध्ये एउटा स्किम छान्न पाउनेछन् ।

डीओ खरिद गर्न चाहने ग्राहकले ६० हजार डाउनपेमेन्ट, १ प्रतिशत व्याजदर र दैनिक १४४ रुपैयाँ किस्तावन्दिको विकल्प छान्न पाउने छन् । स्कुटरको मूल्य २ लाख १८ हजार ९०० र २ लाख २८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी नयाँ वर्ष अफर अन्तर्गत स्क्र्याचमा १ लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । साथै दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा वा १० हजार रुपैयाँ सम्म छुट हुने वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्ष सम्म वार्षिक मर्मत गर्न सकिने सुविधामध्ये एक छनोट गरी अफर प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit