विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बर्खाको बाढी र पहिरोले पहुँच सडक भत्काउँदा बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनामा जडान हुने उपकरण तथा निर्माण सामाग्री ढुवानीमा समस्या भएको छ । उपकरण तथा सामाग्री बोक्ने सवारी साधन गुड्ने पहुँच सडक बाढीले बगाएपछि ढुवानीमा समस्या उत्पन्न भएको हो ।

आयोजनास्थल पुग्ने सडक ठाउँ–ठाउँमा बाढीले बगाएको प्रवर्द्धक पुष्प चित्रकारले बताए । ‘बाढीले केही ठाउँको सडक बगाएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कहीं कहीं पहिरो खसेर सडक बन्द भएको छ । यस्तो अवस्थामा सडक पूर्णरूपमा अवरुद्ध हुँदा ढुवानीका गाडी आयोजना स्थल पुर्याउन सकिएको छैन ।’

अहिले बगाएको तथा भत्किएको स्थानको सडक स्तरोन्नति गर्ने कार्य आयोजनाले गरिरहेको छ । बाढीले आयोजनाको बाँध र विद्युतगृहमा पनि सामान्य क्षति गरेको छ । बाँधमा पहिरो खसेर थुनिएपछिको बाढी बालुवा थिग्राउने पोखरीको एउटा प्यानल बगाएको चित्रकारले जानकारी दिए । विद्युतगृहमा पनि सामान्य क्षति पुगेको छ ।

निर्माण सामाग्री तथा उपकरण ढुवानी समस्या तथा बाढीले संरचनामा गरेको क्षतिका कारण आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन तालिका पनि धकेलिने अवस्था देखिएको उनले बताए ।

आयोजनाको ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ । आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ । सुरुङ ढलानको काम भइरहेको छ । आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइप राख्ने काम भइरहेको छ ।

विद्युतगृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम भइरहेको छ । इलेक्ट्रिोमेकानिकल उपकरण पुर्याउन नसँक्दा काम सुस्त भएको पनि चित्रकारले बताए ।

संरचना निर्माणको काम पूरा गरेर आयोजनाबाट २०७८ भदौ तेस्रो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, कोरोना (कोभिड–१९) महामारी तथा बाढी पहिरोको समस्याका कारण यो तालिकामा विद्युत उत्पादन सुरु गर्न नसकिने देखिएको छ ।

पहिलो तालिका अनुसार आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको समस्याले सम्भव नभएको कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

कालंगा बेसिनमा माथिल्लो कालंगागाडसहित १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit