विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको उत्पादन तालिका फेरि लम्बिएकाे छ । गत बर्खामा भीषण वर्षासँगै आएको बाढी र पहिरोले आयोजनाको संरचना तथा पहुँच मार्गमा क्षति पुर्याउँदाकाे पुनर्निर्माण कार्य नसकिएकाले विद्युत उत्पादन तालिका धकेलिन पुगेकाे हो ।

आयोजनाबाट अब २०७९ असारभित्र विद्युत उत्पादन सुरु हुने प्रवर्द्धक बुङ्गल हाइड्रो पावर कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार बाढी पहिरोले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बगाउँदा आवश्यक निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले पुनर्निर्माण गर्न ढिला हुँदा आयाेजनाकाे विद्युत प्रसारण प्रणालीा जाेड्ने तालिका लम्बिएको हो ।

‘आयोजनाकाे निर्माण अन्तिम चरणमा पुगिसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘बर्खाको बाढी र पहिरोले क्षति पुर्याएकाले विद्युत उत्पादन तालिका फेरि प्रभावित हुन पुगेकाे छ ।’ उनले अब विद्युत उत्पादन सुरु गर्न अझै ६ महिना लाग्ने बताए ।

आयोजनाको भौतिक संरचना निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको बताए ।गत बर्खामा असार सुरु हुनासाथ आएको बाढी र पहिरो तथा भदौ पहिलो साताको पहिरोले पहुँच सडक बगाउँदा निर्माण सकिन लागेको आयोजनाको निर्माण पूर्णरूपमा प्रभावित हुन पुगेको थियो । अहिले आयोजनाको बाँध, विद्युतगृहको काम सकिएको छ ।

मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । २ हजार ८ सय १२ मिटर लामो मुख्य सुरुङमध्ये २ हजार ६ सय ६२ मिटर पूरा भएको छ । अब १ सय ५० मिटर खन्न बाँकी छ । कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा पानी आइराख्ने भएकोले खन्न धेरै समय लागेको चित्रकारले बताए । सुरुङको ढलानको काम पनि भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ जेठमा नै उत्पादन हुनुपर्ने थियो । यो तालिकामा विद्युत उत्पादन  सम्भव नभएपछि अर्को तालिका २०७७ मंसिरमा सर्याे । यो तालिकाबाट पनि विद्युत उत्पादन हुन नसकेपछि २०७८ माघ पहिलो साताभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो । विविध कारणले यो लक्ष्यमा समेत उत्पादन सुरु हुने अवस्था नदेखिएपछि नयाँ तालिका निर्धारण गरिएको हो ।

आयोजना स्थल दुर्गम क्षेत्रमा परेकाले पनि निर्माणमा आउने कठिनाईले विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको छ । निर्माण सामाग्री ढुवानी तथा प्रतिकुल मौसमको प्रभाव आयोजनाको निर्माणमा पर्दै आएको छ । पछिल्लो समयमा कोभिड–१९ महामारीका कारण कामदार तथा कर्मचारी नै संक्रमित हुँदा तथा निषेधाज्ञाका कारण पनि निर्माण प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनीमार्फत ११ अर्ब रुपैयाँ लागतका साढे ६४ मेगावाटका आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो सानीगाडसँगै ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड निर्माणाधीन छन् । सबै आयोजनाको काम अन्तिम चरणमा पुगको छ । यी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit