विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर हेवाखोला हाइड्रो पावर कम्पनीले १५ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीको संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत आयोजनाले सर्वसधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँ अंकित १५ करोड रपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ३० हजार अर्थात २ प्रतिशत हुन आउने कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । 

७५ हजार कित्ता सेयर अर्थात ५ प्रतिशत हुन आउने सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणले छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन ६ गते सम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । 

कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेपखि व्यारीक उत्पादन सुरु गरेको हो । नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै उत्पादन सुरु गर्नु पर्ने थियो । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ । 

आयोजनको विद्युत कोसि कोरिडोरको बानेश्वर सवस्टेसनमा जोडिएको छ । सवस्टेसनसम्मको आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit